काठमाडाैं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूलाई सौन्दर्य तथा छालासम्बन्धी उपचार सेवामा विशेष छुट उपलब्ध गराउन लेट मी इन प्रा.लि. सँग सम्झौता गरेको छ।
नयाँ बानेश्वरस्थित लेट मी इन प्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सेवाहरूमा अब बैंकका कर्मचारी र ग्राहकहरूले ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मी ईन प्राली. का प्रबन्ध निर्देशक डो सु माले हस्ताक्षर गरेका हुन् ।