काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूले नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा आकर्षक छुट पाउने भएका छन् ।
आफ्ना कर्मचारी र ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन बैंकले अल्फा हेल्थ केयरसँग समझदारी गरेको छ ।
हिजो सोमबार भएको उक्त समझदारीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिका ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका छन् । यो समझदारीसँगै नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
सो समझदारीबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्यावको विविध सेवाको लागि (नि:शुल्क होम डेलिभरीको सुविधा सहित) र औषधि खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS