काठमाडाैँ। आजबाट नेपाल बैंक ८७ वर्षको यात्रालाई पार गर्दै अघि बढेको छ । विभिन्न आरोह अवरोहलाई चिर्दै बैंकले आफूलाई एउटा अब्बल बाणिज्य बैंकको रुपमा स्थापित गरेको छ । आम उपभोक्ता र आग्रहको मन जित्न सफल यो बैंकले नयाँ शिराबाट उभ्याउन सफल भएको हो ।
सर्वप्रथम नेपाल बैङ्कको उद्घाटन राजा त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गते आजकै दिन भएको थियो। यसैबाट नेपालमा संस्थागत रूपमा बैङ्किङ्ग सेवाको शुरुवात भएको हो। यो बैङ्क स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो। १२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको थियो। उक्त अवसरमा बोल्दै तत्कालिन प्रधानमन्त्री राणा प्रधानमन्त्री जुद्धशमशेरले राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो भनेका थिए।
उनले भनेका थिए,‘आजसम्म नेपालमा कुनै बैङ्क खोल्न सकिएको थिईएन। तर्सथ, उक्त आवश्यकता पूरा गर्न नेपाल बैङ्क लिमिटेड नाममा यो बैङ्क स्थापना हुन लागेको तथा श्री ५बाट उद्घाटन हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुशीको क्षण हो। यस बैङ्कको उद्देश्य भनेको धनि गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्याउनु रहेको छ। उक्त उद्देश्य हासिल गर्न सबैबाट र्समर्थन तथा शुभकामनाको आवश्यकता पर्ने हुनाले म त्यस प्रकारको सहयोग प्राप्त हुनेमा विश्वस्त छु।’
त्यस समयमा, यस औपचारिक बैङ्किङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझनुको साथै धेरै कम मात्र यस प्रति विश्वस्त थिए। जति हकप्रद शेयर उठाउनु सजिलो थिएन त्यति नै निक्षेप परिचालन गर्नु पनि गार्हो थियो । जसको परिणामस्वरूप, बैङ्कले २५ लाख मुल्यको हकप्रद शेयर निश्कासन गरेकोमा ८ लाख ४२ हजार मात्र उठाउन सफल भएको थियो । नेपालमा बैङ्क नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उद्देश्यकासाथ यस बैङ्कको स्थापना एवं सञ्चालनको लागि यो कानुन जारी गरिएको छ ।
बैङ्क स्थापनाको प्रथम वर्षा कुल निक्षेप १७ लाख २ हजार २५ रहेकोमा चल्ती निक्षेप करिव १२ लाख ९८ हजार ८९८ मुद्दती निक्षेप ३ लाख ८८ हजार ९६४ तथा वचत निक्षेप १४ हजार १६३ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरी जम्मा १९ लाख ८५ हजार रहेको थियो । नेपाल बैङ्क लिमिटेड स्थापना देखिनै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैङ्क हो । १०० परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये, ४० प्रतिशत शेयरमा सरकारको लगानी थियो भने बाँकी ६० प्रतिशत शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैङ्क सञ्चालनको शुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए
नेपाल बैंकको स्थापना पछि मात्रै केन्द्रीय बैंकको स्थापना भएको थियो भने सो पश्चात अन्य बैंकहरुको स्थापना भएको थियो। अहिले पूँजी लगातका सूचकहरुमा अन्य निजी क्षेत्रका बैंकहरु अगाडि देखिए पनि बैंकिङ क्षेत्रको बाटो देखाउन काम भने नेपाल बैंकले नै गरेको थियो। हाल बैंकको २२९ वटा शाखा कार्यालय छन् भने ५९ वटा एक्सटेनसन काउन्टर छन्। ३ हजार ६१० जना कर्मचारी छन्। हाल नेपाल बैंकमा २५ लाख ४१ हजार ३६७ जना निक्षेपकर्ता र १ लाख ४५ हजार ४०२ जना कर्जा ग्राहक छन्।
८ लाखबाट सुरु गरेको बैंकको पूँजी साढे १४ अर्ब पुग्यो
८ लाख रुपैयाँबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ। असोज मशान्तसम्ममा बैंकको जगेडा कोषमा २४ अर्ब २० करोड रुपैयाँ जम्मा भएको छ। जसअनुसार अहिले बैंकको कुल नेटवर्थ ३८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने ७६ करोड ९३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा छ।
निक्षेप र कर्जा
१७ लाख रुपैयाँबाट सुरु भएको बैंकको निक्षेप अहिले २ खर्ब माथि पुगेका छ। गत असोज मशान्तको तथ्याँक अनुसार बैंकको निक्षेप २ खर्ब ८६ अर्ब २५ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ। यसैगरी १९ लाख रुपैयाँबाट सुरु भएको कर्जा लगानी पनि अहिले २ खर्ब माथि नै पुगेको छ। असोजसम्ममा बैंकको कुल कर्जा लगानी २ खर्ब २ अर्ब ५४ करोड ४६ लाख ६१ हजार रुपैयाँ पुगेको छ।
लाभांश इतिहास
बैंकको लाभांश इतिहास हेर्दा खराब समयमा पनि शेयरधनीलाई आकर्षक लाभांश वितरण गरिरहेको देखिन्छ। पछिल्लो पाँच वर्षको लाभांश हेर्दा हरेक वर्ष १२ प्रतिशतभन्दा धेरै नै लाभांश दिएको छ। आर्थिक वर्ष २०७५र७६ मा २५ प्रीतशत लाभांश वितरण गरेको थियो भने २०७६\0७७ मा १६ प्रतिशत, २०७७\०७८ मा १७ प्रतिशत र २०७८\०७९ मा १२ प्रतिशत लाभांश दिएको थियो। गत आर्थिक वर्षको मुनाफाबाट भने बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छैन।
FACEBOOK COMMENTS