काठमाडौं । नेपाल बैंकले ललितपुरको खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ ।
नयाँ शाखाको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उद्घाटन गरेका छन् ।
कार्यक्रमका अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गर्दै खुमलटारमा शाखा खोलिएको बताए ।
ललितपुर महानगरपालिका प्रमुख महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुरमा नेपालको जेठो बैंक नेपाल बैंकको शाखा आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमंग पलाएको बताए ।
२२८ शाखा, २०३ एटीएमका साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत नेपाल बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
FACEBOOK COMMENTS