काठमाडौं । नेपाल बैंक भक्तपुरको राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिबीच सम्झौता रहेको छ ।
बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीका ल्याव निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा शुल्कहरूमा डिजिटल कारोबारहरूमा मात्र लागू हुनेगरी बिल रकमको २० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS