काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकले सुजुकी गाडी खरिदमा विशेष छुट पाउने भएका छन् ।
उक्त छुट सुविधाका लागि बैंकले सुजुकीको अधिकृत बिक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिसँग विशेष समझदारी गरेको छ ।
उक्त समझदारीपछि नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूले उक्त सुविधा पाउने भएका हुन् । उनीहरूले गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुटबाहेक हुन आउने गाडीको खरिद रकममा थप तीस हजार रुपैयाँदेखि एक लाख ७५ हजार रुपैयाँसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
समझदारीमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS