काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी, कर्मचारी परिवार र बैंकका ग्राहकहरूलाई काठमाडौँ, चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा उपचार गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारी परिवार र खाता धारकहरूले अस्पतालको विविध उपचार सेवामा बिल रकमको ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
नेपाल बैंक तर्फबाट वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने सुविधा सम्पन्न स्वास्थ्यसेवाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS