काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।
आज मंगलबार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे ।
सावित्राले खेलको १२ औं र ६८ औं मिनेटमा गोल गर्दा अनिताले ५३ औं र ८५ औं मिनेटमा गोल गरे ।
पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ ।
नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ ।
FACEBOOK COMMENTS