काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एकजना मन्त्रीको नाम भने पनि आजै दिन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।
आज बिहान बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो ।
त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको भने पनि नाम दिन आग्रह गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले समाजवादीलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने बताएका छन् ।
सचिवालयमा छलफल गरेर एकजनाको नाम आजै पठाइने समाजवादीका एक नेताले बताए । स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ ।
प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।
समाजवादीबाट तीन मन्त्रालय पाउँदा डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने भएका छन् ।
FACEBOOK COMMENTS