काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि अफ्रिकी राष्ट्र बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलबीच भेटवार्ता भएको छ ।
जमलस्थित चेम्बर भवनमा आज बिहीबार भएको भेटवार्तामा नेपाल र बोत्स्वाको अर्थतन्त्रबारे समसामयिक छलफल भएको बताइएको छ । भेटका अवसरमा अध्यक्ष मल्लले बोत्स्वानासँग व्यापार साझेदारी गर्न राजदूत म्याङगोलसँग प्रस्ताव गरेका छन् ।
बोत्स्वानाबाट हिराको कच्चापदार्थ ल्याएर नेपालमा प्रशोधनमार्फत पुनः निर्यातको सम्भावना रहेको भन्दै मल्लले राजदूत म्याङगोलसँग यस्तो आग्रह गरेका हुन् । नेपाल र बोत्स्वानाबीच भौगोलिक दूरी टाढा भए पनि व्यापारिक माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने अध्यक्ष मल्लको भनाइ छ ।
हिरा, तामालगायत वस्तुको निर्यातका लागि बोत्स्वाना विश्वमै प्रख्यात मुलुक मानिन्छ । नेपाल र बोत्स्वानाबीच सन २००९ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो । भौगोलिक तथा शासकीय दृष्टिकोणले पनि नेपाल र बोत्स्वाना समान भएकाले दुई पक्षीय लगानी, व्यापार, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्न अध्यक्ष मल्लले राजदूत म्याङगोलसँग आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS