काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले चेम्बर अन्तर्गतको लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन गरेको छ । चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छाको सभापतित्वमा सो समिति गठन गरिएको बताइएको छ ।
समितिको सदस्यमा मनोनयन भएका आरबी रौनियारलाई आज चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मनोनयनपत्र प्रदान गरेका छन् ।
उक्त अवसरमा अध्यक्ष मल्लले उक्त समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हासिल गरेका रौनियारको प्रतिनिधित्व भएकाले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।
FACEBOOK COMMENTS