काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।
पछिल्लो समय देखिएको विषम परिस्थितिमा रगतको अभाव हुन नदिन तथा आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष रामनाथ श्रेष्ठले वर्तमान परिस्थितिमा रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
उहाँले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण मानवीय सेवा भएकाले संघले यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने बताउनुभयो।
कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको छ।




