काठमाडौँ । नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जितेको छ । नेपालले एसिटीविरुद्धको दोस्रो खेल ६ विकेटले जितेको हो ।
एसिटीले दिएको ९७ रनको लक्ष्य पछाएको नेपालले १३।२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि एसिटीले पहिला ब्याटिंग गर्दै १७।२ ओभरमा अलआउट हुदै ९६ रन बनाएको थियो । यसअघि आजै सम्पन्न एसिटीविरुद्धको पहिलो खेल नेपालले ४१ रनले जितेको थियो ।
नेपाली क्रिकेट टिमले आइसीसी टी(२० विश्वकप एसिया( इएपी छनौट को तयारीका लागि यी अभ्यास खेलिरहेको क्यानले बताएको छ । नेपाली टिमले अब साउथ अस्ट्रेलियासँग २ टी(२० र एक एकदिवसीय खेल खेल्ने छ ।
नेपाली टिमले साउथ अस्ट्रेलियासँग अगस्त २८ मा दुई टी(२० खेल्ने छ, जुन बिहान ५स् ४५ र ९स् ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ, जुन खेल नेपाली समय अनुसार बिहान ५स् ४५ बजेदेखि शुरु हुदैछ ।
FACEBOOK COMMENTS