काठमाडौं। नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरीत काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा १८ को उपदफा ९१० खण्ड ९ग र खण्ड ९ङ बमोजिम परिषद्को विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए अनुसार दर्ता किताबबाट हटाइएको जनाएको छ । परिषद्ले विभिन्न उजुरीको आधारमा छानबिन गर्दा कैफियत देखिएपछि दर्ता किताबबाट हटाईएको हो।
परिषदको बैठकले विभिन्न समयमा दर्ता किताबबाट हटाउने निर्णय गरेकाहरु मध्ये १० जनाको लाईसेन्स पूर्ण रुपमा खारेज भएको र बाँकी ८ जनाको भने सर्वोच्चले परिषदको निर्णय कार्यन्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको छ ।
FACEBOOK COMMENTS