काठमाडौं । नेपाल फाइनान्सले हकप्रद सेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।
उक्त सम्झौतामा नेपाल फाइनान्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ । फाइनान्सले हाल कायम रहेको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ । फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले ७० कित्ता हकप्रद सेयर पाउनेछन् । हकप्रद निश्कासनपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।
FACEBOOK COMMENTS