काठमाडौं । रक्षा बमको नेतृत्वमा नेपाल जेन–जी फ्रन्ट घोषणा गरिएको छ ।
शुक्रबार रक्षाको नेतृत्वमा ३९ सदस्यको संयोजन समितिको घोषणा गरिएको छ । फ्रन्टमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति) लगायत ३८ जना सदस्य छन् ।
भाद्र २३ र २४ मा सम्पन्न जेन–जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सद्भाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ’नेपाल जेन–जी फ्रन्ट’ गठन गरिएको बताइएको छ ।
हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत जानकारी दिइएको छ ।
FACEBOOK COMMENTS