काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले आफ्ना शेयरधनीहरूलाई दिने ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।
आज आइतबारको अन्तिम कारोबार मूल्य ३७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
समायोजनपछि यो कम्पनीको शेयर मूल्य ३४५ रुपैयाँ ७९ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर भोलिको बजारमा शेयर कारोबार हुने छ ।
FACEBOOK COMMENTS