काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन दिन हो ।
कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले भोली सोमबार एक बुक क्लोज गर्ने भएको छ ।
आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लभांश दिने प्रस्ताव गरेको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ ।
FACEBOOK COMMENTS