काठमाडौं । राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने नेपाली इतिहासको किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित धरहराको टुप्पोबाट गरेको छ ।
कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले गफगाफमा गर्ने क्रममा यस्तो आइडिया आएको बताएका छन् । चार महिना चल्ने आइडलको चौंथो सिजनको अडिसनमा झन्डै सय प्रतिस्पर्धी छानिएका थिए भने गाला राउन्डसम्म पुग्दा १२ जनाले प्रतिस्र्धा गर्नेछन् ।
सोका होस्ट आसिफ साहले धरहरा चढेरै चौंथो सिजन प्रसारणको मिति घोषणा गरेका छन् । मंसिर २३ गते राती ८ः३० बजे एपीवान टेलिभिजन च्यानलबाट नेपाल आइडलको चौंथो सिजन प्रसारण सुरु हुने भएको छ ।
यसअघि पनि धरहराबाट विगुल फुकेर जम्मा पार्ने इतिहास थियो । त्यही सोचमा चौंथो सिजनको घोषणा स्तम्भ चढेर गरेका उनिहरुको भनाई छ । जेका लागि धरहरा बनेको थियो, आफुहरुले पनि त्यही गरेका गरेको बताएका छन् । यसपटक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान निर्णायकको रुपमा छन् ।
FACEBOOK COMMENTS