काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् ।
खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८: ४५ बजे सुरु हुनेछ ।
ओमानलाई हराए नेपाल टी– २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो ।
सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।
नेपाल टी–२० मा छनोट हुने अवसरको रुपमा आजको खेललाई लिइएको छ । नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो जहाँ ६ विकेटले विजयी भएको थियो ।
टी–२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ । नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।
FACEBOOK COMMENTS