काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आजका लागि विशेष साधारण सभा बोलाएको छ ।
सभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काुन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS