काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा आज यहाँ सम्पन्न भएको छ ।
सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले इटालीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको र विशेष गरी सन् १९९० मा लोकतन्त्रको स्थापनापछि र २०१५ को भूकम्पपछि इटाली सरकारले पु¥याएको सहयोग ऐतिहासिक रहेको स्मरण गरे ।
पूर्वमन्त्री राजेश काजी श्रेष्ठले नेपाल इटाली व्यापार प्रवर्द्धनका लागि आफ्नो निरन्तर सहयोग रहने बताए।
सङ्घका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालका सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनःनिर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरे । नेपालको सम्पदा संरक्षणमा इटानीको योगदान महत्वपूर्ण रहदै आएको भन्दै उनले यो सहकार्य दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे ।
साधारणसभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । सङ्घका संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्यदूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक समसेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS