काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघले अध्यक्ष संजय अग्रवालको नेतृत्वमा तथा बोर्ड सदस्यहरूको उपस्थितिमा, सांसद पदमा निर्वाचित भएकी बसु माया तामाङको सम्मानमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको थियो ।
तामाङ, एनआइसीसीआईकी एक सम्मानित सदस्य हुन् । जसलाई व्यवसायिक समुदाय तथा सामाजिक विकासमा उनको समर्पण, नेतृत्व र सक्रिय योगदानका लागि चिनिन्छ । उनको निर्वाचित हुनु सार्वजनिक सेवा तथा समावेशी विकासप्रति उहाँको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।
यस अवसरमा, एनआइसीसीआईले तामाङलाई हार्दिक बधाई व्यक्त गर्दै उनले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास व्यक्त गरेको छ । यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गर्नुभएकोमा वरिष्ठ उपाध्यक्ष रुपक राजवंशी र कार्यकारी बोर्ड सदस्य सुनिता सिंहप्रति एनआइसीसीआईले हार्दिक आभार व्यक्त गरेको छ ।