काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सोमबार भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरू लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक/एक गोल गरे ।
सरूले खेलको १० औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११ औँ मिनेटमा गोल गरिन् । अमृताले १७ औँ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् ।
FACEBOOK COMMENTS