काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
हिजो बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यसमध्ये ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
नेपाल लाइफको बोनस दर सार्वजनिक : विषम आर्थिक परिस्थितिका बीच पनि बोनस दर स्थिर राख्न सफल

FACEBOOK COMMENTS