काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्सले ४४ करोड १ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ४९ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलानामा १.६० प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा १८ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ । यसमा पनि अघिल्लो आवको सोही महिनाको तुलानामा १४ प्रतिशतले बढेकाे छ । कम्पनीको गत आवको सोही अवधीमा चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको जगेडा कोष भने घटेको छ । गत आवमा एक अर्ब ७५ करोड २५ लाख रुपैयाँ जगेडा कोष रहेको कम्पनीको यस अवधिसम्म आइपुग्दा ४८ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, कम्पनी प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ १० पैसाले बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८ रुपैयाँ ३३ पैसाले घटेर १ सय १६ रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS