काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चैत मसान्तसम्म ६० करोड ३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा २२.२१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४९ करोड १२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको दावी भुक्तानी १३.०५ प्रतिशतले घटेर १० अर्ब ४० करोड ५६ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ११ अर्ब ९६ करोड ७३ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन अर्निङ २ अर्ब २९ करोड ८ लाख ५२ हजार रुपैयाँ छ ।
जीवन बिमा कोषमा १ खर्ब ८९ अर्ब १८ करोड ४२ लाख ६२ हजार रुपैयाँ रहेको छ । कम्पनीले चैतसम्म २९ अर्ब १२ करोड ४९ लाख ५३ हजार रुपैयाँको खुद बिमा शुल्क आर्जन गरेको छ ।
प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS