काठमाडौं । नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको छ ।
कमलपोखरीस्थित कम्पनीको कार्यालय भवनको उद्घाटन नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरे ।
करिब साढे २ खर्ब रुपैयाँको बिमा कोष खडा गरेको नेपाल लाइफ इन्स्योरेन्सको लगानीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न, लगानी विविधीकरण गर्न इन्भेस्टमेन्ट कम्पनी खडा गरेको जनाएको छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले बिमा ऐनले केही क्षेत्रलाई परिभाषित गरेर उत्पादक क्षेत्रमा लगानीलाई प्रोत्साहित गरिरहेको पृष्ठभूमीमा कम्पनीले नयाँ अवसरमा काम गर्न कम्पनी खडा गरेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको बताए ।
कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष गोविन्द संघईले नेपाल लाइफको लगानीको प्रतिफललाई गुणात्मक रुपमा वृद्धि गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताए।
FACEBOOK COMMENTS