काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेकोर नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना(नेपाल जीवन समृद्धि लगनी योजना) नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आज देखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रिमा ल्याएको छ ।
नेपाल धितोपत्र बोर्डबाट प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई मध्ये बीज पूँजीबापत १५ प्रतिशत इकाई, जसमध्ये १४ (चौध) प्रतिशत अर्थात २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ (एक) प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो ।
उक्त फण्डको न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । नेपाल लाइफ म्युचुअल फण्ड अन्र्तगतको यो पहिलो बन्दमुखी योजना होर यसको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ । फण्डको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएिस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि आश्वा प्रणली मार्फत पनि आवेदन दिन सक्नेछन्।
बिक्रि खुल्ला भएको म्युचुअल फण्ड निष्काशनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कोष प्रबद्र्घलाई वित्तीय दायित्वको समयमै सेवा प्रदान गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षाले र योजना व्यवस्थापकलाई थेरेटिङ्ग प्रदान गरेको छ ।
FACEBOOK COMMENTS