काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलको अन्तिम लिग खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ ।
सोमबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो । श्रीलंकाले नेपाललाई २५–१८, २५–१७, २५–२० ले पराजित गरेको छ ।
नेपालको यो पाँचौं खेलमा चौथो हार हो । नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । यसअघि नेपाल तुर्कमेनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।
अब लिग चरणमा ५ खेलबाट ४ अंक जोडेको नेपालले पाँचौ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS