नेपालले दिएको १७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९।३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा ओपनर स्टिभन टेलरले उत्कृष्ट पारी खेले ।
२०औँ ओभरको तेस्रो बलमा करण केसीले सोमपाल कामीबाट क्याच गराउनुअघि टेलरले ६३ बलको सामना गर्दै १३ चौका र ३ छक्काको मद्दतमा ९२ रन जोडे ।
अविजित मोनान्क पटेलले ३८ र जसकरण मल्होत्राले ३६ रनको योगदान दिए।
नेपालका सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट हात पारे ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा अमेरिकाले नेपालमाथि ६ विकेटको सहज जित दर्ता गरेको छ ।
नेपालले दिएको १७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९।३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा ओपनर स्टिभन टेलरले उत्कृष्ट पारी खेले ।
२०औँ ओभरको तेस्रो बलमा करण केसीले सोमपाल कामीबाट क्याच गराउनुअघि टेलरले ६३ बलको सामना गर्दै १३ चौका र ३ छक्काको मद्दतमा ९२ रन जोडे ।
अविजित मोनान्क पटेलले ३८ र जसकरण मल्होत्राले ३६ रनको योगदान दिए।
नेपालका सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट हात पारे ।
एक दिवसीय अन्तर्राष्ट्रियमा अमेरिकाले नेपालविरुद्ध निकालेको यो पहिलो जित हो । यसअघिका ३ भेटमा अमेरिका पराजित भएको थियो ।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले पनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा नेपालले ठूलो योगफल तयार पर्न सकेन ।
४६औँ ओभरको तेस्रो बलमा काइल फिलिप्सले नोस्थुशा केन्जिगेबाट क्याच अराउनुअघि उनले १०५ बलको सामना गर्दै ३ चौकाको मद्दतमा ५५ रन प्रहार गरे ।
ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोड्दा यही खेलमार्फत नेपाली सिनियर टोलीका लागि डेब्यु गरेको गुल्सन झाले ५३ बलमा २ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए ।
अमेरिकाका ४ कप्तान सौरभ नेत्रावाल्करले ४,काइल फिलिप्सले ३ विकेट हात पार्दा करिम गोर, इल्मोर हचिन्सन र नोस्थुशा केन्जिगेले समान १–१ विकेट लिए ।
FACEBOOK COMMENTS