काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परिक्षामा बीडीएसतर्फ अर्थात डेन्टलका ८१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
एनएमसी द्वारा हालै प्रकाशित चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा अनुसार ८१ प्रतिशत डेन्टलका परीक्षार्थी अनुतिर्ण भएका हुन ।
त्यस्तै एमबिबिएस तर्फ पनि धेरै सङ्ख्यामा परीक्षार्थी अनुत्तीर्ण भएका छन् । काउन्सिलले गत साता आयोजना गरेको परीक्षामा सहभागी भएका १, हजार ७७ जनामध्ये ६५६ जना अर्थात् ६१ प्रतिशत अनुतिर्ण भए।
एमबीबीएसमा सहभागीमध्ये ४२ प्रतिशत र बीडीएसतर्फ ८१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बीडीएसतर्फको नतिजा निकै निराशाजनक देखिएको छ । जम्मा १८३ जना परीक्षार्थीमध्ये १५० जना अनुतिर्ण भएका छन् ।
एमबीबीएसतर्फ ८९४ जनाले परीक्षा दिएका थिए, जसमा ५०८ जनाले पास गर्न सकेनन्। देशभरका मेडिकल कलेजबाट एमबीबीएस र बीडीएस सकेर डाक्टर बन्ने तयारीमा रहेका सयौं विद्यार्थी पहिलो चरणमै असफल हुँदा चिकित्सा शिक्षाको गुणस्तरबारे गम्भीर प्रश्न उब्जिएको छ ।
चिकित्सा शिक्षा आयोगले भर्खरै एमबीबीएस र बीडीएसको सिट संख्या उल्लेखनीय रूपमा बढाउने निर्णय गरेको छ। आयोगले २१औं बैठकमार्फत एमबीबीएसमा १ हजार ३५९ सिट थपेर कुल संख्या २ हजार ६३५ पुर्याएको छ भने बीडीएसको सिट ६२५ पुर्याइएको छ।
FACEBOOK COMMENTS