काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले १० करोड रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ ।
कम्पनी सञ्चालनमा आएको नौ महिनामा कम्पनीले सो परिमाणमा प्रिमियम सङ्कलन गरेको हो । प्रिमियम सङ्कलनको यो परिमाणलाई कम्पनीले ठूलो उपलब्धिका रुपमा लिएको बताएको छ ।
यो महत्वपूर्ण उपलब्धिमा कम्पनीको व्यवस्थापन टोलीको उत्कृष्ट नेतृत्वको योगदान दिइएको कम्पनीको भनाइ छ । उनीहरूको रणनीतिक दृष्टिकोण र अविचलित प्रतिबद्धताले माइक्रो इन्स्योरेन्स क्षेत्रको चुनौतीहरूलाई पार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
त्यस्तै, कम्पनीका प्रबन्धकहरू, अधिकृतहरू र कर्मचारीहरूको अपूर्व समर्पण र कडा परिश्रम पनि उल्लेखनीय छ । उनीहरूको उत्कृष्टताको निरन्तर प्रयास र समाजका अविकसित वर्गहरूको आवश्यकताहरूको गहिरो बुझाइले यस उपलब्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
FACEBOOK COMMENTS