काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको युएईको भिसा लागेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सबै खेलाडीको युएईको भिसा लागिसकेकाले सोमबार नेपाली क्रिकेट टिम त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिएको छ ।
यस अघि युएईले नेपालीका लागि भिसा रोकेपछि क्रिकेटर प्रभावित भएका थिए । भिसा नलागेपछि शुक्रबार नै युएई प्रस्थान गर्नुपर्ने नेपाली क्रिकेट टिम रोकिएको थियो ।
युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न त्यसतर्फ जादै छ । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने तालिका रहेको छ । नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ ।
FACEBOOK COMMENTS