काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल र उत्तर कोरियाबीचको खेल जारी रहेको छ ।
खेलको पहिलो हाफमा उत्तर कोरियाले ५–० गोलले अगाडी रहेको छ ।
खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।
उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५–० ले र भुटानलाई १०–० गोलले पराजित गरेको थियो ।
त्यस्तै नेपालले पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १–० गोलले पराजित गरेको थियो ।
FACEBOOK COMMENTS