काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित नौ उच्च अधिकृतहरू आजदेखि एकसाथ अवकाशमा जाँदैछन् ।
प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षक ‘एआईजी’हरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई अवकाशमा जान लागेका हुन् ।
त्यस्तै प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’हरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन ।
एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन् । यीमध्ये थापा वरिष्ठतामा अगाडि छन् । थापा २०७९ चैत ६ मा एआईजीमा बढुवा भएका थिए । गिरी र तामाङ २०७९ चैत २४ एआईजीमा बढुवा भएका हुन् ।
आज बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी सरकारको छ । प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ ।
FACEBOOK COMMENTS