काठमाडौं । नेपाल प्रहरीले एकैपटक करिब तीन हजार जना प्रहरीको बढुवा सिफारिस गरेको छ ।
समितिको हिजो सोमबार बसेको बैठकले एक हजार ४९७ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार र एक हजार ४४२ जना प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।
यो दुईवटै सङ्ख्या जोड्दा करिब तीन हजार अर्थात् दुई हजार ९३९ जना हुन्छ । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार सो सिफारिस तथा सूची प्रकाशित गरिएको जनाइएको छ ।
हेर्नुहोस् नामावलीहरू–
प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवा सिफारिस सूची
प्रहरी जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस
FACEBOOK COMMENTS