काठमाडौं । सरकारले नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिका अनुसार पहिलो नम्बरमा भुपेन्द्र बहादुर खत्री रहेका छन् । यस्तै सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले रहेका छन् ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेको हो ।
FACEBOOK COMMENTS