काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागका अुनसार सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् ।
विभागगका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरता रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ ।


FACEBOOK COMMENTS