काठमाडौं । नेपाल प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सुरू गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उक्त अभियानको उद्घाटन गरेका हुन् । नेपाल प्रहरीले समुदाय साझेदारी कार्यक्रम गर्दै आएको छ । त्यसैअन्तर्गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना पछिको अवस्थालाई मध्यनजरमा राखेर काठमाडौं प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता थियो ।
भदौ २४ गते काठमाडौंका अधिकांश प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । काठमाडौंमा अपराध अनुसन्धान हुने प्रहरी वृत्तमध्ये मालिगाउँको भवनमात्रै जोगिएको थियो। अन्य सबै वृत्तमा आगजनी तथा तोडफोड भएका थिए । अहिले प्रहरी वृत्त जनसेवा बाहेक १४ वटा अपराध अनुसन्धानका वृत्तहरूमा पुन: सञ्चालन भइसकेका छन् ।
आन्दोलनमा प्रहरी र कार्यालयमाथि तोडफोड र आगजनी भएपछि केही दिन फिल्डमा प्रहरी देखिएका थिएनन् । तर पछि प्रहरीको महत्व बुझेर समुदायस्तरमै प्रहरीलाई सहयोग गर्न थालेको परिसर प्रमुख एसएसपी रमेश थापाले बताए । समाजले नै ’हाम्रो प्रहरी’ भनेर अपनत्व लिएको भन्दै प्रहरीले उक्त अभियान सञ्चालनमा ल्याएको उनले बताए।
FACEBOOK COMMENTS