काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ देखि लागू हुने गरी रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत
काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

FACEBOOK COMMENTS