काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक)हरूको हेरफेर गरेको छ ।
मधेश प्रदेशका धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा नयाँ एसपीको रुपमा रुगम कुवँरलाई पठाइएको छ ।
कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । यसअघि करिब ६ महिनादेखि धनुषाको एसपीको रूपमा नरहरि रेग्मी थिए ।
त्यस्तै रौततहटका एसपी नेत्रमणि गिरीको ठाउँमा पनि नयाँ एसपी रवीन कार्कीलाई पठाइएको छ । कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।
FACEBOOK COMMENTS