काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९* रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
नेपालले ३६ खेल खेलेर ४० अंक बनाउँदै ‘टप थ्री’बाट विश्वकप छनोटमा आफ्नो स्थान बनाएको हो। लिग-२ बाट स्कटल्यान्ड र ओमानले यसअघि नै विश्वरकप छनोटमा स्थान बनाइसकेका छन्।
४४ ओभरमा २ सय ६९ रन बनाएको नेपालले डिएल आधारमा युएईसँग जितेको हो। पानी पर्न थालेपछि रेफ्रीले उक्त विधिबाट नेपाललाई विजयी घोषणा गरेका हुन्।
३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि चार ब्याटरले अर्धशतक पूरा गरेका थिए।
गुलशन झाले ४८ बलमा ५० रन बनाएर खेलिरहेका थिए भने दिपेन्द्रसिंह ऐरी ११ बलमा १० रन बनाएर नटआउट रहे।
आरिफ शेखले ६२ बलमा ५२ रन बनाएर आउट भएका थिए। यसअघि भीम सार्कीले ७६ बलमा ९ चौकाको सहायताले ६७ रन बनाएर पेभेलियन फर्किएका थिए।
यसैगरी कुशले भूर्तेलले ३२ रनमा ५० रन बनाएर महत्वपूर्ण योगदान गरेका थिए।
युएईका लागि आसिफ खानले विष्फोटक पारी खेले । उनले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतले १०१ रन बनाए। उनकै बलिङमा पनि नेपालका आसिफ शेख स्टम्पिङ भएका हुन्। मल्ललाई भने जनैद सिद्दीकीले क्याचआउट गराएका हुन्।
युएईका लागि वृत्य अरबिन्दले १३८ बलमा ९४ रन बनाए। यसैगरी कप्तान मुहम्मद वासिमले ४९ बलमा ६३ रन बनाएर सन्दिप लामिछानेबाट बोल्ड भए। युएईका लागि रोहन मुस्तफाले २० रनको योगदान गरे।
नेपालका लागि ललितनारायण राजवंशीले पहिलो सफलता दिलाएका छन्। उनले आर्यन लाक्रालाई बोल्डआउट गरेका थिए।
निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका राजवंशीले आफ्नो लय बिहीबार पनि कायम राखे। उनले तेस्रो ओभरको पाँचौं बलमा ७ बद खेलेर ६ रन बनाएका लाक्रालाई बोल्ड गरेका हुन्। १० ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए।
FACEBOOK COMMENTS