काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैरकानुनी भएको बताएको छ ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीलाई मान्यता नदिएकाले त्यसमा संलग्नलाई कारबाही हुने बताएको हो ।
राष्ट्र बैंकको विज्ञप्तीमा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुने र संलग्न गराउने गरेको पाइएको राष्ट्र बैंकको भनाई छ । ‘उपर्युक्त किसिमका गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ,’ राष्ट्र बैँकले सूचनामा उल्लेख गरेको छ ।
राष्ट्र बैंकले नेपालमा बस्ने नेपाली र विदेशी तथा विदेशमा बस्ने नेपालीलाई यस किसिमका कारोबारमा संलग्न नहुन निर्देशन दिइएको छ।
FACEBOOK COMMENTS