काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब बढीको ट्रेजरी बिल जारी गर्न लागेको छ ।
राष्ट्र बैंकले आज १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल जारी गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले आज २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ८ अर्बको ट्रेजरी बिल, १८२ दिन अवधिको २ अर्ब २५ करोडको ट्रेजरी बिल र ३६४ दिन अवधिको ३ अर्बको ट्रेजरी बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत यस्ता ट्रेजरी बिल जारी गर्ने गर्दछ ।
FACEBOOK COMMENTS