काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव भएको बेला नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।
नेपाल राष्ट्र बैंक उत्पादन तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।
कुल ५६ करोड मध्ये ४४ करोड ८० लाख रुपैयाँ निक्षेप वाणिज्य बैंकहरुमा राख्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ८ करोड ४० लाख रुपैयाँ विकास बैंक र २ करोड ८० लाख रुपैयाँ वित्त कम्पनीमा राख्ने केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको फारममा लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर पेश गर्न भनेको छ ।
कुल ३६७ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राखिने केन्द्रीय बैंकले जनाएको छ । २७ असोज बिहान १० बजेदेखि राति १२ बजेसम्म निक्षेपका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
FACEBOOK COMMENTS