काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ । बोर्डका सञ्चालक समितिका एक सदस्यले मंगलबार बैठक बोलाएको पुष्टि गरे ।
उनका अनुसार बैठकका एजेण्डाका सन्दर्भमा भने कुनै जानकारी गराइएको छैन। चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय घर्किसकेको अवस्थामा बैठकमा उक्त विषय एजेण्डा हुन सक्ने बताईन्छ ।
बैंकर, व्यवसायी, शेयर लगानीकर्ता लगायत सरकारको समेत चासोका रुपमा हेरिएको उक्त समिक्षाले वर्तमान वस्तुस्थितिको समिक्षा गर्ने भएकाले यसबाट धेरै अपेक्षा गर्न नहुने उनी बताउँछन् ।
FACEBOOK COMMENTS