काठमाडौं । नेपाल राष्ट्र बैंकले समयमा कर्जा तिर्नु पर्ने भन्दै एक सन्देशमूलक भिडियो बनाएको छ ।
केन्द्रीय बैंकले ‘हल्लाको पछि नलागौं, समयमै कर्जा तिरौं’ नामको भिडियो सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गरेको हो ।
भिडियोमा संस्थाहरुले अरु सर्वसाधारणले बचत गरेको पैसाले ऋण दिएको र ऋणीहरुको त्यो रकम चुक्ता गर्नु पर्ने नैतिक दायित्व हो भन्ने मुख्य संदेश दिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दिएको कर्जा तिर्नु पर्दैन भनेर विभिन्न समूहले ऋण लिनेहरुलाई उकास्न खोजेको घटनहरु बाहिर आएका छन् ।
त्यसैले केन्द्रीय बैंकले कर्जा लिएकाहरुलाई लक्षित गरी यो भिडियो बनाएको हो ।
FACEBOOK COMMENTS