काठमाडौं । नेपालमा बिहीबार आज देखि एक सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।
तत्कालीन समयमा संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/३७–९९९९९९’ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, राष्ट्र बैंकले संकेत नम्बर ‘ओ/१८–०००००१’ देखि ‘क/१९०३४५००’ सम्मका नोटमात्रै चलनचल्तीमा ल्याएको थियो ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा रहेको राष्ट्र बैंकले जनाएको छ ।



FACEBOOK COMMENTS