काठमाडौं । नेपाल राष्ट्र बैंकले एकपछि अर्को ऋणपत्र निष्कासन गरिरहेको छ ।
यही क्रममा मंगलबार पनि एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ज’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागिएको हो ।
यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी २०८३ पुस २९ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोडरुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यसअघि राष्ट्र बैंकले पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो । त्यस्तै, पुस १६ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ निष्कासन गरेको थियो ।

FACEBOOK COMMENTS